
काठमाडौँ , २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नेपाली कांग्रेसका नेताले सार्वजनिक जग्गा कब्जा गरेको आरोप लगाएपछि प्रतिनिधिसभामा हंगामा भएको छ। सांसद श्रेष्ठको उक्त भनाइलाई कांग्रेसका सांसदहरू राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायतले विरोध जनाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा, रास्वपाका सांसद शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ का तारकेश्वर-९ स्थित लोकतान्त्रिक चोकको सार्वजनिक जग्गा कांग्रेसका नेताले कब्जा गरेको र स्थानीयहरूले गुनासो गरेपछि यो विषय उठाएका थिए। श्रेष्ठले भनिन् कि कांग्रेसका नेताले कित्ता नम्बर ६२ र ६३ को जग्गा कब्जा गरेर भोगचलन गर्दै आइरहेका छन्।
यसपछि, कांग्रेसका सांसद राजेन्द्र केसी उठेर आपत्ति जनाए, र सभामुख देवराज घिमिरेले ‘माननीयज्यू’ को नियमापत्ति हो भनेर सोधेका थिए। कांग्रेसका अन्य सांसदहरूले पनि विरोध जनाए, तर सभामुखले उनीहरूलाई बोल्न माइक दिएनन्। कांग्रेस सांसदहरूले रास्वपाका सांसदहरूको भनाइलाई तथ्यहीन आरोप भएको भन्दै हटाउन माग गरे। सभामुख घिमिरेले भने कि यदि आरोपको तथ्य पत्ता लागेपछि मात्र यसलाई हटाउन सकिने बताए। त्यसपछि कांग्रेस सांसदहरू बसे र बैठक अगाडि बढ्यो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे