
एजेन्सी । विद्युतीय सवारीसाधन बजारमा प्रतिस्पर्धा दिन प्रतिदिन चर्किंदै गएको छ। एकातिर चिनियाँ कम्पनी बिओवाईडी ले बिक्री संख्यामा टेस्लालाई पछि पार्दै र राजस्वमा समेत अगाडि निस्कँदा अर्कोतिर अमेरिकी कम्पनी टेस्ला अझै पनि एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी बजार पूँजीकरण कायम राख्न सफल देखिएको छ।
२०२५ को पहिलो त्रैमासमा मात्रै बिओवाईडीले विश्वभर एक मिलियनभन्दा बढी ईभी बिक्री गरेर बजारमा आफ्नो मजबुत पकड देखाएको छ, विशेष गरी एशिया र उदीयमान बजारहरूमा। यससँगै बिओवाईडीको कुल राजस्व अहिले टेस्लाको भन्दा माथि पुगेको छ।
तर आश्चर्यजनक कुरा के छ भने, राजस्वमा पछि परे पनि टेस्लाको बजार मूल्यांकन भने बिओवाईडीको भन्दा ६ गुणाभन्दा बढी छ। यसको प्रमुख कारण भने लगानीकर्ताहरूले टेस्लाको भावी प्रविधिहरू—जस्तै रोबोट् र कृत्रिम बुद्धिमत्तामा उच्च विश्वास देखाउनु हो।
हाल दुबै कम्पनीहरूको मुनाफा मार्जिन घट्दै गएको छ भने ईभी बजारमा नयाँ प्रतिस्पर्धीहरू पनि तीव्र गतिमा उदाउँदै छन्। यस्तो पृष्ठभूमिमा २०२५ लाई विद्युतीय सवारीसाधन क्षेत्रको दौडमा निर्णायक मोडको वर्षका रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे