
काठमाडौँ । पुलको लठ्ठा चुँडिदा कर्णाली नदीमाथिको पुलमा अड्किएका खच्चडको उद्धार गरिएको छ।दैलेखको आठबीस नगरपालिका– ६, खिड्कीज्युला र अछामको पञ्चदेव विनायक नगरपालिका जोड्ने कर्णाली नदीमाथि पुलमा अड्किएका खच्चडको उद्धार जारी रहेको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले जानकारी दिए ।
कोइरालाले जाली काटेर ११ वटाको जीवितै उद्धार गरिएको बताए । उनले दुईवटा खच्चड भने मरेको बताए ।
जाली काटेर खच्चडलाई नदीमा झारी उद्धार गरिएको थियो । नदीमा नाउ तयारीमा अवस्थामा राखिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे