
काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गर्दै नेपाल बैंक लिमिटेडले १० प्रतिशत आरक्षित आईपीओ शेयरमा लगानी गर्न ‘नेपाल बैंक रिमिटेन्स आईपीओ सेभिङ खाता’ सञ्चालनमा ल्याएको छ।
बैंकले आजै आफ्नो वेबसाइटमार्फत अनलाइन आवेदन दिई सहज रूपमा खाता खोल्न आग्रह गरेको छ। सो खाता खोलिसकेपछि विदेशी रोजगारीमा रहेका नेपालीले नेपालमै आईपीओमा लगानी गरी प्रतिफल पाउन सक्नेछन्।
यस योजनाअन्तर्गत खाता खोल्ने सेवाग्राहीलाई पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ सेवा उपलब्ध गराइनेछ।
नेपाल बैंकको वेबसाइट https://online.nepalbank.com.np/ मा क्लिक गरी सजिलै अनलाइन खाता खोल्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
थप जानकारीका लागि निम्न माध्यमहरूमार्फत सम्पर्क गर्न सकिनेछ:
टोल फ्री नं: १६६००१३७३७३
फोन: ०१–५९७१२२२
इमेल: [email protected]
वेबसाइट: www.nepalbank.com.np
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे