
काठमाडौँ, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ र अभिनेत्री रेखा थापाले नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को कडा आलोचना गरेकी छिन्। उनले माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूको मधेस दौडाहालाई कटाक्ष गर्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरिन्।
थापाले लेखेकी छिन्, “हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र? फेरी एक चोटि मधेसतिर लालसेना खोज्न हिँडेछन् कामरेडहरू, पुराना आधार इलाकामा पत्याउन छोडे कि क्या हो?” उनले माओवादीलाई आत्मसमीक्षा गर्न र सत्ताबाहिर बस्न नसक्ने मानसिकता त्याग्न आग्रह गरिन्।
उनले माओवादी पार्टीको इतिहास र पूर्व लडाकुहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लेखेकी छिन्, “छातीमा गोली थाप्नेहरू हराए, अब अभिनय किनरु, सिधै भन्नु नि— हामी राजनीतिमा भाइरल हुने अधुरो रहर बोकेर गाउँ छिरेका छौँ।”
माओवादी अहिले मधेसमा अभियान सञ्चालन गर्दैछ, र थापाका भनाइहरूले राजनीतिक वृत्तमा नयाँ बहसको सुरुआत गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे