
काठमाडौँ , १९ पुस । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना आवेदन खुल्ला गरेको छ । आज शुक्रवार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरीमा भर्ना आवेदन खुल्ला खुलेको हो ।
सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।यसै गरी भान्छे २० जना, कुचीकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि पनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ । दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे