
काठमाडौँ , ९ वैशाख । रवि लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतको न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ। अब उक्त रिटमाथि मंगलबार न्यायाधीश मुसलमानको इजलासमा सुनुवाइ हुने भएको छ।
यसअघि यो रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो, तर सोमबार उक्त इजलासले यो मुद्दा हेर्न नमिल्ने सूचीमा राखेको हो। लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै श्रीमती निकिता पौडेलमार्फत आइतबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज न्यायाधीश फुँयालको इजलासमा पेशी तोकिएको थियो। तर न्यायाधीशले आत्मनिर्णय गर्दै मुद्दा नहेर्ने बताएपछि प्रक्रिया अगाडि बढ्न सकेन।लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए, जहाँबाट अदालतले सम्बन्धित कागजातहरू मागिसकेको छ। आदेश टुंगिन समय लाग्ने भएपछि उनले बन्दी प्रत्यक्षीकरणको बाटो रोजेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे