
काठमाडौं, पुस २५ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति र पूर्वगृहमन्त्री रवि लामिछाने सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस पछि अदालतमा उपस्थित भएका छन्। बुधबारदेखि सुरु भएको जवाफी बहस बिहीबार दिउँसो समाप्त भएको हो। अदालतका न्यायाधीश नीतिज राईले प्रतिवादीलाई आफ्नो कुरा राख्न समय दिएका थिए। लामिछानेले अदालतमा आफूलाई थुनाबाहिरै मुद्दा लड्ने अवसर दिन आग्रह गर्दै सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न पहल गर्ने र पीडितको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
लामिछानेसहित ४४ प्रतिवादीहरूको बयानपछि अदालतले अब साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने निर्णय गर्नेछ। पुस ७ गते कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
लामिछानेले गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्यको रूपमा सूर्यदर्शन सहकारीका बचत रकममा अपचलन गरेको आरोप छ। कास्की प्रहरीको हिरासतमा अन्य केही प्रतिवादीहरू छन्, र उनीहरू माथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोप पनि छन्। सरकारी वकिलको कार्यालयले अब ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ र एक अर्ब ५१ करोड रुपियाँको बिगो माग गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे