
काठमाडौँ ,२८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रुास्वपा)का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुन गएका छन्। उनलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले अदालतमा उपस्थित हुन भनिएको हो।
लामिछानेलाई सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ गरी पछि ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो। उनलाई शुक्रबार अदालतमा उपस्थित हुन भनिएपनि समय अभावका कारण त्यस दिन हाजिर हुन सक्ने भएका थिएन। आज मात्र लामिछाने अदालतमा उपस्थित हुने भएका छन्।
लामिछानेलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएको छ।
यसका अतिरिक्त, रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन, र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा लामिछानेविरुद्ध मुद्दा दर्ताको प्रक्रिया सुरु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे