
काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरेको छ ।
बिहीबार राति रास्वपाले सार्वजनिक गरेको सूचीअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको एकल नाम छ । तनहुँ–१ का लागि स्वर्णिम वाग्लेसहित ईश्वर लामिछाने र डा.रूपक बिक घिमिरे को नाम छ ।
त्यस्तै, बारा–२ का रमेश खरेल र युवराज न्यौपाने रहेका छन् ।
उनीहरूले अब रास्वपाको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिनेछन् । प्रारम्भिक उम्मेदवारउपर दाबी विरोधका लागि आज शुक्रबार बिहान ११ बजेसम्मको समय निर्धारण गरिएको छ ।
तनहुँ–१ का लागी सिफारिसमा परेका अर्थविद् डा. स्वर्णिम वाग्ले हिजोमात्र नेपाली कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे