
काठमाडौँ । रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज आयोजना हुँदैछ। यसलाई ८ सय वर्षअघि “जावलाखेल जात्रा” भनिन्थ्यो। जावला (भात छर्ने) शब्दबाट यो नामकरण भएको इतिहास छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार, भूत-प्रेतलाई खाना दिन यो जात्रा सुरु भएको विश्वास गरिन्छ।
किंवदन्ती अनुसार, १३०० वर्षअघि नागराज कर्कोटककी रानीको आँखा दुख्दा किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी औषधि दिए। रानी निको भएपछि किसानले भोटो पुरस्कार पाए, तर भूतले यसलाई लिएर विवाद भयो। अन्त्यमा भोटो मच्छेन्द्रनाथको जिम्मामा पर्ने निर्णय भयो। त्यसपछि देखि प्रत्येक वर्ष भोटो जात्रा गरिन्छ।
हाल, गुठी संस्थानले राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने चलन रहेको छ। यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे