काठमाडौँ, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसद अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने लगायतका सांसदहरुले शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर संसद सुचारु गरिदिन अनुरोध पत्र दिएका छन् ।
उनीहरुले सभामुख घिमिरेलाई भेटेर सुनकाण्डमा प्रमुख प्रतिपक्षि दल नेकपा एमलेले उच्च स्तरीय छानविन समितिको माग गरेको र सत्ता पक्षले सो प्रक्रियामा जान अस्विकार गर्दा संसद राष्ट्रमाथि परेको संटको बिषयमा सदनमा राख्न नपाएको गुनासो गरेका छन् ।
रास्वपाका संसदहरुले अबरुद्ध भएको दिनको तलब, भत्ता र सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन हुन पनि सभामुख घिमिरेलाई आग्रह गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे