
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार बिहान भेटवार्ता भएको छ । राप्रपाका अध्यक्ष लिङ्देन बिहानै रवि निवास पुगेर सभापति लामिछानेसँग समसामयिक राजनीतिक अवस्था र फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा छलफल गरेका हुन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भेटमा पछिल्लो राजनीतिक परिस्थिति, दलहरूबीचको संवाद र निर्वाचनसम्बन्धी सम्भावनाका विषयमा कुराकानी भएको थियो । भेटवार्तापछि प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत ‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज बिहानै संवादमा हुनुहुन्छ, चुनावबारे कुनै आशंका छ र !’ भन्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
यसअघि राप्रपा अध्यक्ष लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । राप्रपाले प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रममा अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्तो दिन अध्यक्ष लिङ्देन विभिन्न दलका नेतृत्वसँग भेटघाटमा सक्रिय छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे