
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौंमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जनालाई हिरासतमा राखेको छ ।
उनीहरुमाथि करिब एक अर्ब रुपैयाँ धितोभन्दा बढी ऋण प्रवाह गरेको अभियोग लगाइएको छ । प्रभु बैंकमा गाभिएको सेन्चुरी बैंकको सीईओ हुँदा उनले कर्मचारीसँग मिलेमतोमा धितोभन्दा बढी ऋण लिएको आरोपमा मंगलबार सिआइबीले न्यौपानेलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उच्च अदालत पाटनले न्यौपानेसहित १० जनालाई सात दिन हिरासतमा राख्न सिआइबीलाई अनुमति दिएको छ ।
उनीहरुले ठगीको माध्यमबाट रु एक अर्बभन्दा बढी रकम आर्जन गरेको अनुसन्धानबाट खुलेपछि यस्तो निर्णय भएको हो । सेन्चुरी बैंकमा सीईओ पदमा रहँदा न्यौपानेलगायतले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईलाई ऋण दिएका थिए ।
गत वर्ष सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकको मर्जर भएको थियो । देउराली बहुउद्देश्यीय सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका चौलागाई हाल थुनामा छन् । अनुसन्धानका क्रममा ब्युरोले उनीसँग सोधपुछ गर्दा सेञ्चुरी बैंकको कर्जा वितरण प्रक्रियामा अनियमितता भएको खुलासा गरेको थियो ।
सेन्चुरी बैंकले चौलागाई, पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरी गरी चार कम्पनीलाई ऋण दिएको थियो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती कम्पनीमा सेन्चुरी बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको थियो ।
धितो मूल्यांकनले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ मात्र ऋण दिनुपर्नेमा न्यौपानेसहितका व्यक्तिले मिलेमतोमा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी दिएको खेलेको छ ।
जग्गा खरिदमा चौलागाईले निक्षेपकर्ताको सबै पैसा आफ्नो र परिवारका सदस्यको नाममा लगानी गरेको खुलासा भएको छ । उनले राजधानीका विभिन्न स्थानमा ११० रोपनी जग्गा खरिद गरेको अनुसन्धानले देखाएको छ ।
न्यौपानेसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–५ बस्ने र हाल ललितपुर–१० कुपण्डोलमा बस्ने राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत । चाल्टिका बैंकर र मनोज न्यौपाने पक्राउ परेपछि वाणिज्य बैंकहरुको सर्वोच्च निकाय नेपाल बैंकर्स संघमा अन्योल बढेको छ । त्यसपछि युनियनले बैठक बोलाएको थियो जसमा सेञ्चुरी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम पनि सहभागी थिए ।
बैठकपछि संघका प्रतिनिधिले सीआईबी प्रमुख, गृहमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे