
काठमाडौं । सम्झौता अनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
यी हुन् कालो सूचिमा पर्ने निर्माण कम्पनीहरु
१.श्री एस. ए. एस. कन्स्ट्रक्सन प्रा.लि., विराटनगर–१६, मोरङ ।
२ . श्री एमएस इन्स्पुर सफ्टवेयर ग्रुप कम्पनी लिमिटेड, चीन
३ श्री मृत सन्जिवनी – ग्याल्वा जे.भी., काठमाडौँ ।
४ मृत सन्जिवनी कन्स्ट्रक्सन प्रा.लि., डेटौंडा
५ श्री लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका – ०६, गोरखा ।
६ श्री सुष्मी कन्स्ट्रक्सन प्रा.लि., गोकर्णेश्वर नगरपालिका–०५, काठमाडौं । कार्यालय, अत्तरपुर, सिन्धुपाल्चोक ।
७ श्री रविन कन्स्ट्रक्सन, गुलरिया–६, बर्दिया ।
८. थोत्रा सप्लायर्स ÷ मानेकोर कन्स्ट्रक्सन, गोसाइँकुण्ड गा.पा.–६ ।
९ . एम/एसएमडी अप्टिकल सोलुसन प्रालि, पोखरा-१५ कास्की
१० शिलादेवी एस.बि.डि. निर्माण सेवा प्रा.लि., शुक्लागण्डकी–०२, तनहुँ ।
११ त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भि.न.पा. ४, कञ्चनपुर ।
१२ खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका–४, कपिलवस्तु ।
१३ मेनका निर्माण सेवा, नेपालगञ्ज १३, बाँके ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे