
काठमाडौँ, २२ वैशाख । बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर विदा दिने निर्णय भएको हो । प्रदेश सरकारले सोमबार एक सूचना जारी गर्दै वैशाख २४ गते सार्वजनिक विदा दिएको जानकारी गराएको हो ।
बागमतीमा गत वर्ष वैशाख २४ देखि सरकारी कामकाजको भाषाको सुभारम्भ भएपश्चात हरेक वर्ष सो दिनमा सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको थियो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे