
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (साउन १९ गते) देखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले यस चरणमा कुल २९ लाख १९ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्दैछ।
यसअघि, कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ३९ लाख ५० हजार कित्ता शेयर निष्कासनका लागि अनुमति प्राप्त गरिसकेको थियो। उक्त शेयरको कुल मूल्य ३९ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।
कम्पनीले यसभन्दा अघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी कुल जारी पुँजीको १०–१० प्रतिशत शेयर पहले नै निष्कासन गरिसकेको छ। अब बाँकी शेयर आम सर्वसाधारणका लागि खुला गरिएको हो।
सर्वसाधारण लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू तथा मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
आईपीओमा लगानी गर्न चाहनेले छिटोमा साउन २२ गते र बढीमा साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन्। निर्धारित म्यादभित्र मागभन्दा बढी आवेदन परेमा सेयर बाँडफाँट लाटरी प्रणाली (निक्सो प्रणालीअनुसार) मार्फत हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे