
काठमाडौँ , मङ्सिर २० । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका छन् ।
प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २ः३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेएजिङ गएका थिए । भ्रमणको क्रममा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएका छन्, जसमा टोखा–छहरे सुरुङमार्ग, व्यापार अभिवृद्धि, भैँसीको मासु निर्यात, र आर्थिक सहयोगसम्बन्धी सम्झौताहरू समावेश छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे