
काठमाडौँ, १८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले लगानीका लागि राम्रो वातावरण बनेको भन्दै स्वदेशी र विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे। कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी लगानी सम्मेलन २०८२ उद्घाटन गर्दै ओलीले देशको पूर्वाधार र सडक सञ्जाल विस्तार भइसकेकाले अब विभिन्न क्षेत्रमा लगानी गर्न सजिलो भएको बताए । उनले कोशी प्रदेश विशेषगरी सडक, विमानस्थल, पर्यटन, जडिबुटी र उत्पादनमा लगानीका राम्रो सम्भावना रहेको बताए । “पूर्व(पश्चिम राजमार्गलाई छ लेनको बनाउने काम भइरहेको छ, र बजारमा सामान पुर्याउने बाटोहरु तयार छन्,” उनले भने ।
प्रधानमन्त्रीले युवाहरुलाई जागिर खोज्न विदेश नजान सल्लाह दिँदै उद्यमशील बन्न प्रेरणा दिनुभयो। सरकारले तालिम र सहयोगमार्फत उनीहरुलाई सघाउने प्रतिबद्धता जनाएको छ। उनले सगरमाथालाई माउण्ट एभरेष्ट भन्दा पनि “सगरमाथा” नामबाटै चिनाउन जोड दिए। साथै, श्रमिक अधिकार, ट्रेड युनियन र रोजगारदाता–श्रमिकबीच संवादको विषयमा सरकार स्पष्ट रहेको भन्दै लगानीकर्तालाई नडराई लगानी गर्न सुझाव दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे