
काठमाडौँ , १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड गएका छन्। यो भ्रमण नेपालको कार्यकारी प्रमुखको ६५ वर्षपछि थाइल्याण्डमा भएको औपचारिक भ्रमण हो। औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक०को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गर्भर्ने छन् ।
प्रधानमन्त्री ओली आज ९मंगलबार० बिहान थाइल्याण्ड प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुने तयारी गरिएको छ, जसले नेपाल(थाइल्याण्ड सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओली थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्यान्ड जाने छन् ।
प्रधानमन्त्री ओली आगामी चैत २३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे