
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता र साम्प्रदायिक विद्वेष फैलाउने प्रयासहरूलाई रोक्ने कुनै पनि प्रकारको अवसर नदिने ,कुरा स्पष्ट गरेका छन्।
आज मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आयोजित सिसं–१६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उनले कानुन विपरीत क्रियाकलापहरूलाई रोक्न कडा निर्णय गरिने बताए। दीक्षित भएकाहरूलाई राष्ट्रको शान्ति र सुरक्षा कायम गर्न समर्पित हुने अपेक्षा गर्दै तालिम पूरा गरेका दीक्षितहरूलाई बधाई ज्ञापन गरेका प्रधानमन्त्री ओलीले प्रहरी बललाई थप प्रभावकारी बनाउने र सुविधाहरूमा सुधार ल्याउने क्रममा मौजुदा कानुनहरूमा संशोधन गरिने आश्वासन दिएका छन्।
प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा कार्यमा गरेको भूमिकाको प्रशंसा गर्दै संगठनको क्षमता विस्तारमा जोड दिएका छन्।
यस अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतका व्यक्तिहरू उपस्थित थिए। समारोहमा ४५ जना दीक्षित भएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे