
काठमाडौं , २४ मंसिर । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक रास्वपा सभापति रवि लामिछानेलाई पनि बयानका लागि पोखराबाट पर्सा लैजाने तयारी भइरहेको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने हिजो बेलुका नै गाडीको बाटो हुँदै पोखराबाट पर्सा लगिएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरुको बयान लिइने छ । त्यसपछि पुनः पोखरा नै फर्काइने छ ।
मंसिर १९ गते जिल्ला अदालत पर्साबाट लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे