
काठमाडौं, २२ भाद्र । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो ।एमाले श्रोतका अनुसार मुख्यमन्त्रीसँगै आजै २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने एमालेको तयारी रहेको छ ।
सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ कोशीमा सबैभन्दा ठुलो दल नेकपा एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखले तयारी गरेका हुन् ।
बिहीबार सर्बोच्च अदालतले संविधानको धारा १६८ (३) अनुसार नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो
देश प्रमुखको कार्यालयले शपथको तयारी पनि गरेको छ। मुख्यमन्त्रीको शपथ ग्रहणसँगै आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी भएको स्रोतले बतायो ।
केन्द्रमाा गठबन्धनको सरकार बनेसँगै कोशीमा गत पौष २४ गते कार्की मुख्यमन्त्रि नियुक्त भएका थिए । केन्द्रमा गठबन्धन ढलेसँगै गत असार १५ मा विश्वासको मत पाउन नसकेपछि कार्की पदमुक्त भएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे