
काठमाडौँ , २४ माघ । आज प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसअघि १८ गतेको बैठकमा प्रमुख विपक्षी दलको तर्फबाट प्रचण्ड बोल्ने तय भएको थियो। त्यतिबेला दलीय आधारमा बोल्ने समय तोकिने भएपछि प्रमुख विपक्षी दलबाट प्रमुख सचेतक हितराज पाण्डे बोलेका थिए।
प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। सरकारले ल्याएको अध्यादेशको प्रतिपक्षी दलहरूले एकजुट भएर चर्को विरोध गर्दै आएका छन्। माओवादी केन्द्र लगायतका विपक्षी दलहरूले प्रतिनिधि सभाबाट अध्यादेश अस्वीकृत गर्न ५० वटा प्रस्ताव पेस गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे