
काभ्रेपलाञ्चोक ।यसै साता नमो बुद्ध नगर बडा नम्बर ८ मा दाप्चाको पर्यटन बिकासको सम्भाब्यता तथा चुनौती बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
उक्त अन्तरक्रियात्मक छलफल कार्यक्रममा सभापतिको रूपमा नमो बुद्ध नगर बडा नम्बर ८ का अध्यक्ष बिर बहादुर लामा, नेपाली काँग्रेस का केन्द्रीय सदस्य तथा यसै भेगका स्थानीय गणेश लामा, सामाजिक अभियन्ता तथा होटल ब्याबसायी कर्ण शाक्य, स्थानीय समाजसेवी राम कृष्ण श्रेष्ठ, स्थानीय समाजसेवी श्री कृष्ण श्रेष्ठ, नमो बुद्ध नगरपालिका बडा नम्बर १० का उपाध्यक्ष बिष्णु हरि कार्की लगायत थुप्रै उच्च ब्यक्तीत्व हरूको उल्लेखनीय उपस्थित रहेको थियो।
राष्ट्रिय गान सँगै अगाडि बढेको उक्त अन्तरक्रियात्मक छलफलमा प्रमुख अतिथि, बिषेश अतिथिहरूलाई खादाद्वारा स्वागत गरिएको थियो।
अन्तरक्रिया कार्यक्रम को उदेश्य माथि प्रकाश पार्दै कार्यक्रमका सभापति तथा कार्यक्रम आयोजक नमो बुद्ध नगरपालिकाका बडा नम्बर ९ का अध्यक्ष बिर बहादुर लामाले स्वागत मन्तव्य व्यक्त गर्नु भयो।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै स्थानीय समाजसेवी श्री कृष्ण श्रेष्ठले धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको दाप्चाको मौलीकताको रक्षा गर्दै यस क्षेत्रको विकासमा यसै भेगका स्थानीय बासिन्दा लागिपर्नु पर्ने बिषयमा प्रकाश पार्नु भएको थियो।
कार्यक्रममा छिमेकी बडा १० का उपाध्यक्ष बिष्णु हरि कार्कीले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो।
काभ्रेपलाञ्चोककै आकर्षण दाप्चाको विकासका लागि स्थानीय ब्यक्ती हरूनै अगाडि बढ्न जरुरी रहेको पुष्पराज श्रेष्ठले जानकारी गराउनु भयो।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गणेश लामाले आफ्नो जन्मस्थलको बिकासका लागि आफु सदैव तत्पर रहेको प्रतिबद्धता जनाउदै सबैमा सकारात्मक सोचको आवश्यकता रहेको जानकारी गराउनु भयो।
सामाजिक अभियन्ता तथा होटल ब्याबसायी कर्ण शाक्यले काठमाडौंबाट नजिक रहेर पनि दाप्चाको पर्यटन विकास हुन नसकेको र यसमा स्थानीय बासिन्दाहरूमा सचेतना जगाउन जरुरी रहेको कुरा उल्लेख गर्नु भयो।
अन्तमा कार्यक्रमलाई सफल बनाउन उपस्थित सबैलाई कार्यक्रम आयोजक नमो बुद्ध नगरपालिकाका बडा नम्बर ९ का अध्यक्ष बिर बहादुर लामाले धन्यबाद व्यक्त गर्दै अन्तरक्रिया
कार्यक्रमको समापन गर्नु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे