
काठमाडौँ ,१२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा गर्ने भनेको सम्बोधन स्थगित भएको नेकपा ९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बर्खे अधिवेशनको सुरुको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने तय थियो। प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
संसदमा प्रधानमन्त्री वा प्रमुख प्रतिपक्षी दलको नेता सम्बोधन गर्दा शीर्ष नेताहरु उपस्थित रहनुपर्ने संसदीय प्रचलन रहेको छ। सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा उपचारका लागि थाइल्यान्डको बैंकक गएकाले उनी पनि आजको सम्बोधनमा उपस्थित हुने छैनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे