
पोखरा, ८ फागुन । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ज्ञान, योग, दर्शन र खोजको जन्मभूमि भएको भन्दै विद्यार्थीलाई इमानदारिताका साथ देशका लागि काम गर्न आह्वान गरे। उनले भने, “इमानदारिताले मात्र सकारात्मक सफलता ल्याउँछ, बेइमानीबाट प्राप्त सफलता समाजको भलो गर्दैन।”
प्रधानमन्त्री ओलीले थपे, “यदि तपाईंहरूले पढाइमा सफलता प्राप्त गरे पनि त्यसलाई नकारात्मक कार्यहरू जस्तै चोरी, ठगीमा प्रयोग गर्नुभएको छ भने, त्यो सफलता मान्न सकिँदैन।” उनले विद्यार्थीलाई स्वार्थी नगरी समाज र देशको हितमा काम गर्न सुझाव दिए।
त्यसैगरी, उनले सानो देशको हिनताबोधी भावना त्याग्न र साहसी बन्न प्रेरित गरे। “हात्ती देखेर भाग्नु माउतेपनाको चिन्ह हो, तालिम दिएर हात्तीलाई काबू गर्नुको साहस हुनुपर्छ,” उनले भने।
समारोहमा ७,८७२ विद्यार्थीलाई दीक्षित गर्दै कुलपति ओलीले सर्वश्रेष्ठ विद्यार्थीलाई कुलपति पदकबाट पुरस्कृत गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे