
काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै ब्यङग गरेका छन् । बास्कोटाले सामाजिक सञ्जाल मार्फत भौतिक मन्त्रालय बाडफाडमा कुरा नमिलेपछि प्रधानमन्त्रि देउवा हैरान भएको बताएका छन् । उनले मन्त्रालय बाडफाँड अदालतले मिलाइदेला त भनेर प्रश्न समेत गरेका छन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भौतिक मन्त्रालयमा पुगेर परमादेशी गठबन्धनको हलो क्याराक्क भएछ।गोरु चुट्नु कि हलो थुत्नु देउवा हैरानीमा।अदालतले मिलाई देला त?’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे