• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ६, आईतबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पोखरामा दोस्रो भारत–नेपाल पर्यटन भेट, सहकार्य सुदृढ

३ घण्टा अघि
२

राप्रपाकी खुश्बु ओली काठमाडौं–९ बाट सिफारिस

३ घण्टा अघि
३

नोरा फतेही सवार कार दुर्घटना

४ घण्टा अघि
४

एनआईसी एशियाका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा

४ घण्टा अघि
५

विद्यालय सुधारका लागि मन्त्रालयको निर्देशन पर्याप्त छैन, अभिभावकले कदम चाल्नुपर्छ

५ घण्टा अघि
६

परियोजना आमा, परियोजना प्रवासी देशका लागि, परियोजना सुशासन र परियोजना युवा एक्सेलको अमेरिकी दूतावास यूथ काउन्सिलबाट औपचारिक सुरुवात

५ घण्टा अघि
७

विदेशी शिक्षा प्रवर्द्धन मात्र नभई युवाको दीर्घकालीन विकासमा केन्द्रित बिज एजुकेशन

६ घण्टा अघि
८

एभरेष्ट बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडका कारण अस्थायी सेवा अवरुद्ध

६ घण्टा अघि
९

अमेरिकन सेन्टरको तेस्रो सिपअप कार्यक्रम सम्पन्न

६ घण्टा अघि
१०

नोबेल मेडिकल कलेजको छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु

६ घण्टा अघि
११

राष्ट्रिय सभाका दुई समितिको संयुक्त बैठक आज बस्दै

६ घण्टा अघि
१२

मधेश प्रदेशमा आज सभामुख चयनका लागि निर्वाचन हुँदै

६ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
प्रकाशित मिति: २०७९ मंसिर २४, शनिबार (३ साल अघि)

अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने

  • 1,365 Views
  • अमलेखगञ्ज , मङ्सिर २४। नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ ।विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह निर्माण गर्ने तयारी थालेको हो ।

    पाइपलाइन विस्तार भएको ६९ किलोमिटर क्षेत्रमध्ये भारतमा ३३ र नेपालमा ३६ किलोमिटर भूभाग पर्दछ । उक्त पाइपलाइन विस्तारका लागि भारतीय आयल निगमले रु दुई अर्ब भारतीय रुपियाँ खर्च गरेको थियो ।एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल ल्याउन मिल्ने भए पनि भण्डारणका लागि छुट्टै भण्डारण गृह नहुँदा पेट्रोल र मट्टितेल पाइपलाइनबाट ल्याउन समस्या भएको थियो । अमलेखगञ्जमा पेट्रोल र मट्टितेलको लागि भण्डारण गृह नहुँदा पाइपलाइनको उपयोग ५० प्रतिशतभन्दा कम भएको छ ।

    अमलेखगञ्जमा हाल डिजेल भण्डारणका लागि दुई ४५ लाख लिटरका ट्याङ्की, एक ४१ लाख तथा अर्को ३९ लाख लिटरको ट्याङ्की रहेको छ । उक्त क्षेत्रबाट हाल एकैपटक २१ गाडीले डिजेल भर्न पाउँछन् । पाइपलाइनमार्फत भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म डिजेल ल्याँउदा निगमको वार्षिक रु दुई अर्ब रकम बचत हुँदै आएको छ ।

    नेपाल आयल निगम अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीपकुमार यादव पेट्रोल र मट्टितेल ल्याउनका लागि आयल निगमले छुट्टै भण्डारण गृह बनाउन सुरु गर्न लागेको बताउनुहुन्छ । “पेट्रोल भण्डारण गृह निर्माण गर्नका लागि हामीले भारतीय निर्माण व्यवासायी कम्पनी र भारतीय आयल निगमका प्रतिनिधिसँग निरन्तर छलफल गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ ।

    निगमले पेट्रोलको भण्डारण गृह निर्माणका लागि मङ्सिर २३ (हिजो)मात्र भारतीय निर्माण कम्पनी र भारतीय आयल निगम पटनाका प्रमुखसँग भेटेर छलफल गरेको छ । पाइपलाइन बनाएर पूर्णरुपमा प्रयोग गर्नका लागि पेट्रोल भण्डारण गृह बनाउन लागिएको इन्जिनियर यादवको भनाइ छ । उहाँले सन् २०२४ को जनवरीसम्म पेट्रोल भण्डारण गृह सम्पन्न गर्ने गरी काम अगाडि बढाउन लागिएको बताउनुभयो ।

    डिजेलका लागि भारत सरकारको अनुदानमा भण्डारण गृह निर्माण गरिदिए पनि पेट्रोल भण्डारणका लागि भने नेपाल आफैँले भण्डारण गृह बनाउन लागेको हो । त्यसका लागि एक अर्ब ५४ करोड भारतीय रुपियाँ लाग्ने निगमले जनाएको छ । यस्तै, भारतले पनि अनुदानस्वरुप ८० करोड  भारतीय रुपियाँमा छुट्टै पेट्रोल ट्याङ्की निर्माण गरिदिने भएको छ ।

    अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण भएसँगै नेपाल आयल निगमको मासिक १२ देखि १५ करोड तथा वार्षिक रु एक अर्ब ५० करोड रकम बचत हुनेछ । हाल अमलेखगञ्ज डिपोबाट डिजेल तथा पेट्रोल सङ्घीय राजधानी काठमाडौंसहित पोखरा, भैरहवा, चितवन, विराटनगरलगायतका क्षेत्रमा जाने गरेको छ ।

    निगमका अमलेखगञ्ज प्रमुख यादव भारतको मोतीहारीदेखि नेपालको सर्लाहीसम्म ग्यास पाइपसमेत विस्तार गर्नेबारे परामर्श भइरहेको बताउनुहुन्छ । रु १२ अर्ब लागतमा ग्यास पाइप तथा स्टोरेजको काम हुने उहाँको भनाइ छ । नेपालबाट हाल ग्यास ढुवानी गर्दा वार्षिक रु छ अर्ब खर्च हुँदै आएको छ ।

    निगम अमलेखगञ्जका मेकानिकल इन्जिनियर प्रशान्त भट्टराई निगमको अमलेखगञ्ज डिपोबाट देशको ७० प्रतिशत भूभागमा पेट्रोल, डिजेल तथा मट्टितेल जाने गरेको बताउनुहुन्छ । “अमलेखगञ्ज डिपोबाट दैनिक ६० लाख लीटर डिजेल तथा २० लाख लिटर पेट्रोल वितरण हुँदै आएको छ”, उहाँ भन्नुहुन्छ । यो परियोजना सञ्चालनमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास निगमले लिएको छ ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    पोखरामा दोस्रो भारत–नेपाल पर्यटन भेट, सहकार्य सुदृढ
    ३ घण्टा अघि

  • २

    राप्रपाकी खुश्बु ओली काठमाडौं–९ बाट सिफारिस
    ३ घण्टा अघि

  • ३

    नोरा फतेही सवार कार दुर्घटना
    ४ घण्टा अघि

  • ४

    एनआईसी एशियाका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा
    ४ घण्टा अघि

  • ५

    विद्यालय सुधारका लागि मन्त्रालयको निर्देशन पर्याप्त छैन, अभिभावकले कदम चाल्नुपर्छ
    ५ घण्टा अघि

  • ६

    परियोजना आमा, परियोजना प्रवासी देशका लागि, परियोजना सुशासन र परियोजना युवा एक्सेलको अमेरिकी दूतावास यूथ काउन्सिलबाट औपचारिक सुरुवात
    ५ घण्टा अघि

  • ७

    विदेशी शिक्षा प्रवर्द्धन मात्र नभई युवाको दीर्घकालीन विकासमा केन्द्रित बिज एजुकेशन
    ६ घण्टा अघि

  • ८

    एभरेष्ट बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडका कारण अस्थायी सेवा अवरुद्ध
    ६ घण्टा अघि

  • ९

    अमेरिकन सेन्टरको तेस्रो सिपअप कार्यक्रम सम्पन्न
    ६ घण्टा अघि

  • १०

    नोबेल मेडिकल कलेजको छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    २

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

    नेपाल नक्सा
    ३

    मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता

    नेपाल नक्सा
    ४

    NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप

    नेपाल नक्सा
    ५

    एनपिएलले राष्ट्रिय आत्मविश्वास बढायो : प्रधानमन्त्री सुशीला कार्की

    नेपाल नक्सा
    ६

    प्रतिकित्ता ८२०.८० रुपैयाँमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ, पुस ७ देखि खुल्ने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution