
काठमाडौँ ,२३ माघ । ताप्लेजुङको पाथीभरा ९मुक्कुमलुङ० क्षेत्रमा केबुलकार निर्माणका लागि गरिएको काम स्थगित भएको छ। केबुलकार निर्माणको विरोध गर्दै आएको आन्दोलनकारी र सरकार बीचको वार्तामा सहमति भएपछि निर्माणको काम रोकिने र यातायात सेवाहरू पुनः सुरु हुने निर्णय गरिएको हो। सोमबार र मङ्गलबार भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच केबुलकारको निर्माण काम स्थगित गर्ने र यातायात सेवा खुला गर्ने विषयमा सहमति जुटेको थियो।
केबुलकार निर्माणको विरोधका कारण हालसम्म विभिन्न संघर्षहरू भएका थिए। विरोधी समूह नो केबुलकार समूहु र प्रहरीले झडपमा संलग्न हुँदा केही मानिसहरू गम्भीर घाइते भएका थिए। यसै घटनाले द्वन्द्व थप चर्किएको थियो, जसको परिणामस्वरूप माघ १५ देखि अनिश्चितकालीन यातायात बन्द गरिएको थियो। पछि माघ २० देखि पूर्वका नौ जिल्लामा पनि यातायात बन्दको घोषणा गरिएको थियो।
वार्तापछि सरकारले आन्दोलनकारीसँग सहमति गर्दै माघ २७ मा पुनः विस्तृत छलफल गर्ने निर्णय गरेको छ। यसैसँगै घाइतेहरूलाई निःशुल्क उपचार र थुनामा रहेका बन्दीहरूको तत्काल रिहाइको प्रक्रिया पनि सुरु गरिने सहमति भएको छ। सहमति पछि बुधबारदेखि ताप्लेजुङ र अन्य जिल्लामा यातायात सेवा पुनः सुरु भएको छ। पाथीभरा केबुलकार प्रालिले निर्माणकार्य थाल्ने योजना बनाएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे