
काठमाडौँ, ३० जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । संसद्मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्यो भन्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले स्थगनको प्रस्ताव दर्ता गराएका हुन् ।
किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । उक्त प्रस्तावमाथि संसद्मा छलफल हुने भएको छ ।
स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ । भने पुर्वनिर्धारित मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम भने स्थगित हुनेछ ।
संसद् सचिवालयले उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीको १ नम्बरमा राखेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे