
काठमाडौँ , माघ २ । जिल्ला अदालत काठमाडौंले पूर्व उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश दिएको छ। यो आदेश स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले दिएको हो। काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० रकम ठगी गरेको अनुसन्धानमा खुलासा भएको थियो। लामिछानेलाई उक्त रकमको बिगो माग गर्दै मुद्दा दायर गरिएको थियो।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए, जबकि बचतकर्ताका तर्फबाट सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र अन्य सरकारी अधिवक्ताहरूले जवाफी बहस गरेका थिए। पीडितका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा। सुरेन्द्र भण्डारी र डा। दिनेश त्रिपाठीले बहस गरे।
यसअघि, लामिछानेलाई कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा गरेको थियो। कास्की अदालतबाट रिहा भएर काठमाडौं आएका लामिछानेलाई अहिले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिइएको हो। लामिछानेलाई पोखरामा ८४ दिन हिरासतमा राखिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे