
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्ने निर्णय जिल्ला अदालत रुपन्देहीले गरेको छ। यो फैसला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले गरेको हो।
सुप्रिम सहकारी ठगीको घटनामा लामिछानेलाई पहिलेदेखि नै थुनामा राखिएको थियो। उनले साउन १९ गते अदालतमा निवेदन दिँदै आफूलाई धरौटीमा छाड्न माग गरेका थिए। १२ पृष्ठको निवेदनमा उनले तीन वटा मुख्य कुरा उल्लेख गरेका थिए।
रवि लामिछानेले आफू सो ठगीमा संलग्न नरहेको दाबी गर्दै, पीडितहरुको पैसा फिर्ता गराउने जिम्मेवारी लिन तयार भएको बताएका थिए। उनले आफ्नो भागको बिगो बराबरको रकम धरौटी राखेर रिहा हुन चाहेको उल्लेख गरेका थिए। तर अदालतले उनको निवेदन अस्वीकार गर्दै थुनामै राख्ने आदेश दिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे