
काठमाण्डौ।नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, व्हाट्सएप, मेसेन्जर, र भाइबरमा प्रायोजित विज्ञापनमार्फत अनलाइन रोजगारीको अफर दिने प्रयासहरूप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
यस किसिमका विज्ञापनहरूले प्रयोगकर्ताहरूलाई आकर्षित गर्न रोजगारीका झुटा आश्वासन दिने र त्यसपछि उनीहरूलाई ठगी गर्ने उद्देश्यले वेबसाइटहरूमा लैजाने गरेको पाइएको छ।
हालसालै, ईसेवा, खल्ती तथा अन्य डिजिटल वालेटहरू र बैंकिङ प्रणालीमा ओटीपी (OTP) प्रयोग गरी ठगीका घटनाहरूमा वृद्धि भएको ब्यूरोले जनाएको छ।
त्यसैगरी, उपहार प्याकेज, अनलाइन सपिङ, अनलाइन PTE बुकिङ, कोठा भाडामा दिने अफर तथा बैंक खाता साझेदारीमार्फत हुने ठगीका घटनाहरू पनि बढ्दै गएका छन्।
यस सन्दर्भमा, ब्यूरोले निम्न सावधानी अपनाउन अनुरोध गरेको छ:

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे