
काठमाडौँ , मङ्सिर ७ । रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामा रहेका छन् ।
प्रहरी कार्यालय रसुवाका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे