
काठमाडौं, १७ जेठ । नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका १४ बेलटाडीँ का २८ वर्षीय सुनिल राना मगर रहेका छन् । उनको नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।
बुधवार नारायणी नदीमा माछा मार्न गएका मगर राति अबेर सम्म पनि घर नआए पछि खोजी गर्दा आज बिहान गैँडाकोट नगरपालिका १६ दोभानघाट स्थित नारायणी नदीमा शव फेला परेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे