काठमाडौँ , ११ असोज | पितृ उतार्ने भन्दै रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा ५५ वर्षीया बिबी माझीको मृत्यु भएको छ । घट्नामा मृतक माझीकी ७० बर्षकी आमा सुनमाया माझी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
उनलाई घटनास्थलबाट उद्धार गरीअहिले सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पतालमा उपचार भइरहेको छ ।
सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व हो ।यस समुदायमा सोह्रश्राद्धमा मरेका पितृहरूलाई नदी घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शिरमा पितृ आउने र परिवारको कुनै एक सदस्यको शरीरमा पस्ने गर्छ भन्ने विश्वास छ ।
स्थानीय माझी समुदायका ११ जना भन्दा बढी किशोर किशोरीले पितृ उतार्नका लागि काम्दै आमाछोरीलाई ७ बोरा भन्दा बढी चामलको अक्षताले मुख तथा शरीरमा हानेको स्थानीयहरुले बताएका छन् ।
उक्त घटनामा संलग्न भएको आरोपमा सात जना महिलासहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे