
काठमाडौँ , पुस ४ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुङ्गल खरिबोट बस्ने १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले धादिङको गजुरी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका १४ खड्कागाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको जनाएको छ ।
सरिता बुधवार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न विश्वासलाई पक्राउ गरेको हो । सरिता तामाङ नैकापस्थित विष्णुदेवी शिक्षा सदनमा १० कक्षामा अध्ययनरत थिइन् । हत्याको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे