
काठमाडौँ, मङ्सिर २ । घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निश्चल सुनार छन् ।
सुनारलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा आज पक्राउ गरी काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा नुवाकोटको ककनी गाउँपालिका(६ का ३५ व्यवसायी लामाथि रड प्रहार भएको थियो । चार जनाको समूहले आक्रमण गरेको बताइए पनि दुई जना अझै फरार छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे