
काठमाडौँ , ३ असोज |भरतपुरमा जापानिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर भरतपुर महानगरपालिका २२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईका अनुसार जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको छ ।
भरतपुरमा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको छ ।सुँगुर र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेदा यो रोग सर्ने गर्दछ तर मानिसबाट मानिसमा भने यो रोग सर्दैन ।यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउँनुका साथै, टाउको दुख्न, बान्ता लाग्ने, कहिलेकाहीँ बेहोस हुने, शरीरमा कम्पन जस्ता लक्षण देखा पर्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे