
काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै देशको वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो विचार राखेका छन्। ओलीले भन्नुभयो, आफू नेतृत्वको निर्वाचित सरकारलाई अपदस्त गरिएर देशमा विध्वंस फैलाइएको छ। अब जनताले ठण्डा दिमागले सोचेर देश बचाउने कि नबचाउने निर्णय लिनुपर्ने बेला आएको छ।
भिडियो सन्देशमा उनले प्रतिप्रश्न गरे, “तपाईं बनाउने बाटो रोज्नुहुन्छ कि भत्काउनेरु निर्माणको कि ध्वंशको बाटोरु” ओलीले स्वीकार गर्नुभयो कि आफूमा कमीकमजोरी हुन सक्छ, तर देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको मामलामा कहिल्यै सम्झौता नगर्नु भएको उहाँले उल्लेख गरे ।
उनले नागरिकलाई स्पष्ट भएर आफ्नो मत दिन आग्रह गर्दै भने इतिहासले तपाईंलाई माफ गर्दैन भने, आफ्नो निर्णयले राष्ट्रको हितमा भएको आत्मसन्तुष्टि बचाउनुपर्छ। ओलीले आफू बाँच्ने दिन कम भए पनि देशका भविष्यका लागि लडिरहेको र अब जनताले पनि “देश पहिले” भन्ने निर्णय लिनुपर्नेमा जोड दिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे