
काठमाडौं, ६ फागुन । संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा एमाले भने सहभागी छैन ।
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे