
काठमाडौँ , पुस ७। राजधानी काठमाडौँ प्रवेश र बाहिरिने प्रमुख मार्ग त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आजदेखि दैनिक चार घण्टा बन्द हुदैछ । सडक विस्तार र स्तरोन्नति कार्यको क्रममा घुम्ती र अन्य स्थानमा पहाड कटान गर्नुपर्ने भएकोले नागढुङ्गादेखि मुग्लीनसम्मको सडक ७ देखि १३ पुषसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द राखिनेछ।
जिल्ला प्रशासन कार्यालय धादिङले नागढुङ्गा(मुग्लीन सडक आयोजनाले एक सूचना जारी गर्दै, उक्त समयमा सबै सवारी चालकलाई ट्राफिक नियमको पालना गर्दै सवारी चलाउन आग्रह गरेको छ। अत्यावश्यक सवारी साधनहरू जस्तै एम्बुलेन्स, प्रहरी र दमकलका सवारीहरू भने अवरोध नगरी चल्नेछन्। यस राजमार्गमा दैनिक १७,००० सवारी साधनहरूको आवागमन हुने गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे