
काठमाडौँ – एनएमबि बैंक लिमिटेडले आफ्ना केही शाखा कार्यालयहरू समायोजन तथा एकीकरण गर्ने निर्णय गरेको छ। बैंकले एउटै स्थानमा एक–आपसमा अत्यन्त नजिक रहेका शाखा कार्यालयहरू बन्द गरी नजिकको अर्को शाखामा समायोजन गर्ने निर्णय गरेको हो।
बैंकको निर्णयअनुसार मिति २०८२ चैत २५ गतेदेखि समायोजन तथा एकीकरण भएका शाखा कार्यालयमार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिनेछ। यस प्रक्रिया अन्तर्गत सम्बन्धित शाखाबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवा अब तोकिएको नजिकको शाखा कार्यालयबाट निरन्तर रूपमा उपलब्ध हुने बैंकले जनाएको छ।
शाखा समायोजन तथा एकीकरणको उद्देश्य सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र व्यवस्थापनमैत्री बनाउनु रहेको बैंकको भनाइ छ। यस कदमबाट ग्राहकलाई सेवा लिन थप सुविधा हुने र सञ्चालन खर्चसमेत व्यवस्थित हुने अपेक्षा गरिएको छ।
शाखा समायोजन सम्बन्धी यो सूचना सम्पूर्ण ग्राहकवर्ग तथा सरोकारवालाहरूको जानकारीका लागि सार्वजनिक गरिएको बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे