
काठमाडौं – नेपालभरका शैक्षिक परामर्शदाताहरूको साझा संस्था ‘फ्रि एजुकेशनल कन्सल्टेन्सी संगठन नेपाल (फेकन)’ को नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्ष पदमा निर्वाण उमेश निर्वाचित भएसँगै संगठनले नयाँ नेतृत्व पाएको छ।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा ओझा छबी बिष्ट गगन, महासचिवमा दिपेन्द्र पोखरेल चयन भएका छन्। सचिवको जिम्मेवारी आरसी केसी र आरके ढकाल एसएससीले पाएका छन् भने कोषाध्यक्षमा पुडासैनी गौतम र सह–कोषाध्यक्षमा मञ्जु लामिछाने चयन भएकी छन्।
सदस्यहरूमा मन्दिरा सिटौला ज्ञवाली, निराजन रोका, धिरज रायमाझी, निराजन शिवाकोटी, वैकुण्ठ उप्रेती, योगेन्द्र चौहान र रिजन मडै रहेका छन्।
नयाँ नेतृत्वसँगै संगठनले संस्थागत सुदृढीकरण, पारदर्शिता अभिवृद्धि, र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।
पूर्व अध्यक्ष राजु निरौलाको कार्यकाललाई संस्थाको व्यावसायिक मापदण्ड विकास, नीति निर्माणमा सक्रियता, र संस्थागत रूप दिनेतर्फको प्रयासका लागि उल्लेखनीय मानिएको छ।
नयाँ कार्यसमितिबाट शिक्षा परामर्श क्षेत्रलाई अझ मर्यादित, व्यवस्थित र गुणस्तरीय बनाउने विश्वास व्यक्त गरिएको छ। साथै, नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय शिक्षामा पहुँच विस्तार गर्न फेकन को भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे