
काठमाडौँ , २९ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन आइतबारदेखि प्रज्ञाभवन, कमलादीमा सुरु भएको छ। यस महाधिवेशनमा उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएका छन्। दलित उपाध्यक्ष पदका लागि सोव र महिला उपाध्यक्ष पदका लागि भट्टराईले एकल उम्मेदवारी दिएका थिए। नेसपाको अध्यक्ष पदका लागि डा। बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन्। पार्टीको प्रचारप्रसार विभागले पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा २० जना निर्विरोध निर्वाचित भएको जानकारी दिएको छ ।
यी हुन् निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरु
उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई
उपाध्यक्ष (दलित) – दुर्गा सोब
प्रदेशतर्फ
कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- मणि राई
कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) – तारा बास्तोला दवाडी
मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन
बागमती प्रदेश केन्द्रीय सदस्य (महिला)- बसुन्धरा साप्कोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- चित्र सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) – नारायणी अधिकारी
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- कमल खनाल
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनिता काफ्ले
कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- लक्ष्मी प्रसाद भट्टराई
कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मिरा कुमारी मल्ल
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- रतनबहादुर टमटा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) – सत्यदेवी चापागाईं
भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- लोकेन्द्रबहादुर सुनार
केन्द्रीय सदस्य –
खुला युवा महिला – निशा श्रेष्ठ
आदिवासी जनजाती युवा महिला – मन्जु माया तामाङ
मधेशी महिला – अमृता कुमारी देवी
दलित के.स. युवा – हिक्मत वि.क.
थारु महिला – गीता थनेत
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे