
काठमाडाैँ । साताकाे अन्तिम दिन नेप्से ३२ दशमलव ५१ अंकले घटेकाे छ भने लगानीकर्ता थप निराश भएका छन् । माथि उठ्छकि भनेका लगानीकर्ता बिहीबार थप निराश बनेका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहीबार दोहोरो अंकले घटेको छ । बुधबार ५०.५८ अंकले बढेर दुई हजार ६ सय ६५ दशमलब ९४ विन्दुमा पुगेको नेप्से आज फेरी दोहोरो अंकले घटेको हो ।
आज नेप्से ३२.५१ अंकले घटेर दुई हजार ६ सय ३३ दशमलब ४२ विन्दुमा थामिएको छ । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ७० करोड बराबरको कारोबार भएको छ । बुधबार ५ अर्ब २ करोड ८५ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज गुडवील फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज १२ करोड भन्दा बढीको कारोबार भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे