काठमाडौँ, २० श्रावण । शेयर बजार नेप्से आज शुक्रवार पनि उच्च अङ्कले घटेको छ । हिजो बिहीवार ३८ दशमलव ६१ अङ्कले घटेको शेयर बजार आज पनि ३४ दशमलव ८५ अङ्कले घटेर दुई हजार एक सय १३ दशमलव ३० बिन्दुमा आइपुगेको छ ।
यस दिन दुई सय १३ वटा कम्पनीको ६४ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, व्यापार, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओराले लागेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १५ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि जोशी जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे