
काठमाडाैं, २९ फागुन । सत्तासीन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित गर्दै आजदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ।‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नामको अभियानको आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुनेछ ।
३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न थालेकाे हाे ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएकाे छ ।
याे अभियानमा कांग्रेसले एमसीसी पारित गरिएकाे कारणबारे प्रष्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकाेबारे जानकारी गराउनेछ ।
जिल्लाहरूमा उद्घाटनसभा र केन्द्रमा सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन् । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पुगिसकेका छन् ।
अभियान अन्तर्गत खटिएका केन्द्रीय प्रतिनिहरु सम्बन्धित जिल्लाको सबै पालिकामा पुगेर कार्यक्रम सञ्चालन र अनुगमन गर्नेछन् । १ महिने अभियानपश्चात केन्द्रीय प्रतिनिधिहरुले केन्द्रमा प्रतिवेदन समेत बुझाउनुपर्नेछ । कांग्रेसले आगामि स्थानीय तहको निर्वाचनमा हरेक बुथमा सय युवा खटाउने घोषणा गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे