
काठमाडौँ, २८ बैशाख ।लागि परम् पूज्य अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखर जी महाराजको सान्निध्यमा श्री गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा गीताप्रेस शताव्दी वर्ष महोत्सव श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरी मनाइएको छ । यस कार्यक्रममा १००० सदस्यहरुको उपस्थिति थियो।
गीताप्रेस शताव्दी वर्ष महात्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत २०८० बैशाख २० गते पूजा एवं प्रसाद वितरण गरियो छ ।
सप्ताह व्यापी कार्यक्रम अन्तर्गत नै अयुत चण्डी महायज्ञमा पाल्नु भएका पण्डित एवं भक्तजनहरुलाई प्रसाद स्वरुप कल्याण, मानव मात्रको कल्याणको लागि, नित्य स्तुति एवं प्रार्थना, परलोक और पुनर्जन्म पुस्तकदाताको सहयोगमा निःशुल्क वितरण गरिएको छ ।
यसै अवसरमा २०८० साल बैशाख २६ गते महेश्वरी भवनमा सुन्दरकाण्ड पाठ एवं प्रसाद वितरण गरिएको हो ।
नेपालमा गीताप्रेस शताव्दी वर्ष महात्सव कार्यक्रमको समापन मिति २०८० साल बैशाख २७ गते श्री मद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरि मनाइएको हो ।
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्राप्त शुभकामना सन्देश वाचन गरी शुभारम्भ गरिएको कार्यक्रममा नागरिक उड्डयन राज्यमन्त्री श्री सुशिला सिर्पाली ठकुरी ज्यूको विशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा उपस्थित मंत्री ज्यूँले गीताप्रेस पुस्तक प्रचार प्रसा रकेन्द्र नेपालको लागी पशुपतिक्षेत्र विकाशले निःशुल्क स्थान उपलब्ध गराउने कुरामा जोड़ दिएइएको छ ।
श्री गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्षश्री जय किसन सारडा ज्यूको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षज्यूले उपस्थित सम्पूर्ण महानुभावहरुको स्वागत गर्दैै गीताप्रेसको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाल र नेपाली प्रति अगाध माया गर्नु हुने परमं पूज्य स्वामी श्री प्रखर जी महाराजज्यूले विशिष्ट आतिथ्यता प्रदान गर्नु भई आर्शिवचन प्रदान गर्नु भएको थियो । साथै सो अवसरमा वहाँको सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री सुशिला सिर्पाली ठकुरीज्यूले सम्बोधनगर्दै गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा नेपालमा गीताप्रेसको अन्तराष्ट्रिय शाखाको रुपमा गीताप्रेस शताब्दी वर्ष महोत्सव भएकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको क्षेत्रमा गीताप्रेसको योगदान अतुलनीय रहेको र १०० वर्षको इतिहास आफैंमा एउटा गौरवमय रहेको हुँदा १०० वर्षको इतिहास भएको संस्था गीताप्रेस गोरखपुर विश्व सम्पदामा सुचिकृत हुनु पर्ने बताउनु भयो । यस किसिमका कार्यबाट देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवापुग्ने विश्वास व्यक्त गर्दै गीताप्रेस शताब्दी वर्षको शुभकामना दिनु भयो ।
सो कार्यक्रममा श्रीमद्भागवत महापुराणका नेपाली सम्पादक प्रा. शिवगोपाल रिसालज्यूले श्रीमद्भागवतको नेपाली अनुवादको विषयमा प्रकाशपार्नु भएको थियो भने श्री शिवमहापुराणका नेपाली संपादक प्रा.डा. काशीनाथ न्यौपानेज्यूले श्री शिवमहापुराणको बारेमा प्रकाशपार्नु भएको थियो साथै वहाँहरुले आगामी दिनमा गीताप्रेसबाट पुराण एवं सनातन साहित्यका पुस्तकहरु नेपाली भाषामा प्रकाशित हुँदै जाने बताउनु भएको थियो ।यस कार्यक्रममा शिव महापुराणको केहि दिनमा नेपाली भाषामा प्रकाशित हुने घोषणा भएको छ।
कार्यक्रममा उपस्थित महानुभावहरु एवं गीताप्रेस शताब्दीवर्ष आयोजनाको लागि सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसाद केन्द्र नेपालको तर्फबाट कार्यक्रम संयोजक श्री ईश्वरी प्रसाद रिमालज्यूले धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन डा. वासुदेवकृष्ण शास्त्रीज्यूले गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित विभिन्न धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृति विद्याश्रम, वाल्मीकी संस्कृत विद्यापिठ विद्याश्रम, मारवाडा समाजका विभिन्न संघ संस्थाका पदाधिकारी, लव्ध प्रतिष्ठित महानुभावहरु, विद्वतवर्ग, गुरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे